Section 60
खबरदारी नीति (हिसल_ ब्लोइङ पोलिसी) बनाउन सक्ने
(१) बीमकले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम, विनियम तथा जारी भएका निर्देशनहरू पालना गर्ने सम्बन्धमा बीमकको व्यवस्थापन वा पदाधिकारी वा कर्मचारीबाट अनियमित तवरले भए गरेका वा हुन सक्ने काम कारबाहीको गोप्य रूपमा जानकारी दिन खबरदारी नीति (ह्विसल व्लोइङ पोलिसी) बनाई लागू गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम बीमकको कार्यकारी प्रमुख, पदाधिकारी, लेखापरीक्षक, परामर्शदाता, कर्मचारी वा बीमा मध्यस्थकर्ताबाट भए गरेको अनियमित काम कारबाहीको गोप्य रूपमा जानकारी दिने व्यक्तिको पेशागत सुरक्षाको संरक्षण गर्ने कर्तव्य सम्बन्धित बीमकको सञ्चालक समितिको हुनेछ।